Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानीमा लाइफ इन्सुरेन्सको नयाँ बीमा योजना शुभारम्भ

काठमाडौँ : सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो ।

बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिए । बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उनले जीवन सुरक्षाका लागि बीमा अनिवार्य रहेको बताए ।

कम्पनीका सद्भावना दूत कलाकार जीतु नेपालले आफ्नो जीवन सुरक्षाका लागि बीमा गर्नुपर्नेमा जोड दिए । न्यूनतम रु ५ लाखमा जीवन बीमा गर्न सकिने भन्दै कम्पनीले प्रतिहजार विमाङ्कमा रु ७० बोनस सुनिश्चित रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।बीमामा १६ देखि ६० वर्ष उमेर समूहले सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीको अधिकृत पूँजी रु ३०० करोड र जारी पूँजी रु २०० करोड रहेको विमा कम्पनीमा चुक्ता पूँजी रु १४० करोड रहेको कार्यक्रममा जानकारी दिइएको थियो । कुल बीमा लेख सङ्ख्या ७ हजार ३३२ पुगेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्