Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुल्यो रहस्य : नेकपा शिर्ष नेताको बैठक बहिस्कारको कारण यस्तो, प्रचण्डसामू ओलीको दुखेसो

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा शिर्ष नेताहरुले बहिस्कार गर्नुको कारण खुलेको छ ।

शनिबार नेकपाका नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेब गाैतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् ।

बालुवाटार स्रोतले जनाएअनुसार प्रचण्डले प्रधानमन्त्री ओलीसँग एसिया प्यासिफिक समिटको बारेमा छलफल गर्दा सहमतिको गाँठो नफुक्ने देखिएपछि प्रचण्ड कै इसारामा बामदेब, श्रेष्ठ र खनाल निस्केका हुन् ।

तर, बरिष्ठ नेता नेपाल भने समिटको कुरा उठ्ने देखिएपछि बैठकस्थलबाट नियोजित ढंगले नै निस्केको स्रोतको दावी छ ।

तर, उनीहरुले बैठक बहिस्कार गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेका छन् ।

स्थायी समितिको बैठक आगामी २९ गतेका लागि बोलाउने निर्णय गरेपछि बरिष्ठ नेता नेपालले पार्टीमा अधिनायकवादको सुरुवात भएको भन्दै तीब्र असन्तुष्टि जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले नेताहरुले समयको पालना नगरेर कुराउने काम गरेको भन्दै आफू बैठकबाट निस्किएको जनाएका छन् ।

एकनाथ ढकालसँग बरिष्ठ नेता नेपालको नाम जोडिएपछि बच्नलाई उनले विभिन्न उपाय अपनाउदै आएका छन् ।

प्रधानमन्त्री ओलीलाई समेत सकस परेपछि उनले प्रचण्डसँग नेता नेपालले आफूलाई फसाएको भन्दै दुखेसो पोखेका छन् ।

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्