Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्येष्ठ नागरिकलाई ५ हजार, साथै दीर्घरोगीलाई १० देखि २० हजार सम्म उपलब्ध

हिलिहाङ : पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ । नगरप्रमुख ओनाहाङ नेम्वाङले ज्येष्ठ नागरिकलाई रु ५ हजारका दरले ३७ जनालाई सो रकम विहिबार प्रदान गर्दै यस्तो सहयोग निरन्तर हुने बताए ।

दीर्घरोगीअन्तर्गत मिर्गौला, मुटु र क्यान्सर रोगीलाई १० देखि २० हजार रुपैयासम्म नगरपालिकाले उपलब्ध गराइरहेको छ । रकम पाएपछि ज्येष्ठ नागरिक हर्षित भएको वडासचिव विनय रम्तेलले बताए । अहिलेसम्म नगरपालिका कार्यालयमै आएका ८० वर्ष पार गरेका ९० ज्येष्ठ नागरिकलाई पनि औषधोपचार खर्च प्रदान गरिसकिएको छ ।

चिसोबाट बच्न मानव अधिकार एकल महिला समूहले ७८ एकल महिलालाई ब्ल्याङ्केट र प्रमाणपत्र वितरण गरेको समूहका अध्यक्ष सरस्वती रिजालले बताए । फिदिम-९ का वडाध्यक्ष बालकृष्ण लावतीले ज्येष्ठ नागरिकको हकहित, विकास र समृद्धिको क्षेत्रमा काम गर्दै जाने समेत बताएका छन् ।

वडासदस्य गङ्गा राईले वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलितलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताए ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्