Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिवंगत आत्माको चीर शान्तिका लागि कामना गर्दै आज शतबीज छर्ने भक्तजनहरुको भीड

काठमाडौँ : बाला चतुर्दशनीका दिन बिहीबार बिहानै रातभर देशभरका शिवालयमा महाद्धीप बाली जाग्राम बसेको भक्तजनहरुले नदीमा स्थान गरी शतबीच छरेका छन् । मार्ग शीर्ष कृष्ण चर्तुर्दशी समेत भनिने बाल चतुर्दशी पर्व बिहानै स्नान गरी पशुपतिलगायतका शिवालय क्षेत्रमा धानको सय गेडा छरे पितृले मोक्ष पाउने मान्यता रहिआएको छ ।

दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै बाला चतुर्दशीमा धान, मकै, गहुँ, हलेदो, कागुनो, जौंलगायतका अन्नलाई शतबीजको रुपमा छर्ने गरिन्छ । यसै अवसरमा पारेर पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायतमा क्षेत्रमा आज बिहानैदेखि शतबीज छर्ने भक्तजनहरुको भीड लागेको थियो ।

यस वर्ष शतबीच छर्न आएका भक्तजनहरुलाई चिसो नहोस् भनेर पशुपति क्षेत्र विकास कोषले त्रिपालको समेत व्यवस्था गरेको थियो । विगतमा त्यस्तो व्यवस्था नहुँदा भक्तजनहरु चिसोले कठयांग्रिने गरेको थिए । सोही अवस्थालाई ध्यानमा राखेर यो वर्ष रातभर द्धिप बालेर जाग्राम बस्ने भक्तजनहरुलाई त्रिपालको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा। प्रदिप ढकालले जानकारी दिए ।

बाल चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनहरुले गुह्यश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन् । शतबीज छरेर विधिपूर्वक चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समापन गर्ने गरिन्छ ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्