Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन हिंसाको आरोपबीच मुख्यमन्त्रीको भनाई ‘प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ’

इलाम : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् । मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उहाँले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिए ।

किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५औँ जन्मोत्सवका अवसरमा आज यहाँस्थित माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिए । “हामीले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरिरहेका छौं”, उनले भने, “आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ ।”

योजना तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले आत्मनन्द लिङ्देन देशकै गहना भएको बताए । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले किराँत धर्मका विविध पक्षमाथि प्रकाश पारे ।

उता एक महिलाले मुख्यमन्त्री राईमाथि यौन हिंसाको आरोप लगाइरहेको भएतापनि उनले त्यसबारे औपचारिक रुपमा भने केहि बोल्न चाहेनन् । स्थानिय पत्रकारहरुले त्यबारे प्रशन सोधेपनि मुख्यमन्त्री राईले कुनै जवाफ भने फर्काएनन् ।

युवासंघकी पूर्वकेन्द्रिय सदस्य र प्रधानमन्त्री सचिवालयको अधिकृतसम्म भइसकेकी बालिका खड्काले राईलाई उक्त आरोप लगाएकी हुन् । राईले गरेको यौन हिंसाबारे उजुरी गर्दा उनलाई प्रधानमन्त्रीको सचिवालयसँगै युवासंघको केन्द्रिय सदस्यबाट पनि निकालिएको उनको भनाइ छ ।

राईले आफूलाई मेसेजमार्फत र प्रत्यक्ष रूपमा बारम्बार यौन दूर्व्यवहार गरेको बालिकाको आरोप छ । यतिमात्र होइन, विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति भएको समयमा शितलनिवासमै राईले आफूलाई यौन दुव्र्यवहार गरेको बालिकाले बताइन् ।

बालिकाले राईले आफूमाथि गरेको यौन हिंसाबारे पार्टी कार्यालयमा निवेदन दायर गरेकी छन् । यसलाई आरोप नभएर सत्य घटनामा आधारित भएको उनको जिकिर छ । घटना सत्य नभइदिएको भए आफू शक्तिशाली स्थानामा हुँदा हुँदै पनि यस घटनालाई कोट्याएर प्रोत्साहन गर्ने रहर नहुने उनले बताइन् ।

नेपाल आजलाई दिएको अन्तर्वार्तामा बालिकाले आफ्नो शंवेदनशील अंगमा शेरधनले हात हालेको बताएकी छन् । राई मन्त्री हुनु अघि नै घटना भएपनि बालिकाले योे कुराबारे अहिले आएर मुख खोलेकी हुन् ।

बच्चामा माओवादीबाट प्रभावित भएकी बालिकाले एमालेबााट औपचारिक रूपमा राजनीतिमा होमिइन् । गाउँ फर्किएर गाउँबाट सक्रिय राजनीतिको सुरुवात गरिन् र गाउँपार्टीे कमिटीको उपसचिव, पार्टीको क्षेत्रीय कमिटी सदस्य, युवासंघको केन्द्रको विभाग हुँदै निर्वाचित केन्द्रीय सदस्य, महिला युथफोर्सको केन्द्रीय सचिव र प्रधानमन्त्रीको स्वकीय अधिकृत भएर काम गर्ने मौका पाइन् ।

आफूले राईलाई नेताको रूपमा हेरेपनि राइले आफूलाई नेता नभई नराम्रो नजरले हेर्ने गरेको र पछि आफूूसँग अस्वभाविक र हिंसात्मक भएको बालिकाले बताइन् ।

उनी युवासंघको केन्द्रीय सदस्य हुँदा राईलाई युुवासँघमा पार्टीले इन्चार्ज बनाएर पठाएको रहेछ । बालिकाको अनुसार त्यहीँ उनीहरूको पहिलो भेट भयो । पहिलो भेट पछि राईसँगका भेटहरू बालिकालाई पनि रोचक लाग्न थाल्यो । तर पछि राई आफूसँग अस्वभाविक र अव्यवहारिक ढंंगले प्रस्तुत भएको बालिकाको कथन छ ।

विद्यादेवी भण्डारी राष्ट्रपति भएको दिन शितल निवासमै राईले यौैन हिंसामा परेकोसुनाउँदै उनले राईले आफ्नो संंवेदनशील अंगमा हात छोएको र अश्लिल व्यवहार गरेको बताइन् । यसअघि उनले भनिन्, (उहाँले सबै पार्टी कार्यकर्ताहरूकै अघि त्यस्तो अभद्र व्यवहार गरेपछि कसैले केही भन्न पनि सकेनन् । मैले पनि केही भन्न सकिन । त्यतिबेला मलाई एकदम पीडाले पोल्यो । एउटा व्यवहारिक र परिपक्क व्यत्तिबाट यस्तो भयो कुनै समय आउला भन्ने सोचेर पनि सहनुपर्ने बाध्यता थियो ।

बालिकालाई सुरूमा त राई अविवाहित हुन् भन्ने कुरा थाहा थिएन । पछि थाहा भइसकेपछि दुईबीच प्रेम हुन थाल्यो । तर, अहिले आएर त्यो प्रेम नभएर यौैन हिंसा भएको बालिकाको बुझाइ छ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्