Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.सीके राउतको बन्दी प्रत्यक्षीकरणको रिट अन्ततः खारेज

काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतविरुद्धको राज्य विप्लवको मुद्दामा ६/६ पटकसम्म तारिख दिएको सर्वोच्च अदालतले अन्ततः बन्दी प्रत्यक्षीकरणको रिट नै खारेज गरेको छ ।

सोमबार भएको बहसपश्चात् सर्वोच्च अदालतले जिल्लाको मुद्दा भएकोले जिल्लाले नै फैसला दिने भनी बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

राज्य विप्लवकै मुद्दामा तारिख लिन आएका बेला गौरस्थित जिल्ला अदालत रौतहटबाट प्रहरीले डा. राउतलाई पक्राउ गरेको थियो ।डा.राउतका दाई जयकान्त राउतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि रिट दायर गराएका थिए ।

सोही अनुसार जिल्लाबाट सर्वोच्च अदालतमा राउतलाई उपस्थित गराइएको थियो । प्रहरीले ठोस प्रमाण जुटाउन नसक्दा सर्वोच्च अदालतले पटक-पटक तारिख दिँदै आएको थियो । तर, आज बिना कुनै फैसला रिट नै खारेज भएको हो ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्