Logo
१५ बैशाख २०८१, शनिबार
(November 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारहरु कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रेस काउन्सिल पुरस्कार

काठमाडौँ : यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारहरु कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गरिने भएको छ ।

प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले जनही दुई लाख पचास हजारका दरले प्रदान गरिने उक्त पुरस्कार देवकोटा र बराललाई प्रदान गर्न्रे निर्णय गरेको हो ।

पत्रकार देवकोटा नयाँ पत्रिकार दैनिकका प्रधान सम्पादक हुन् । त्यस्तै बराल अनलाइन खबर डटकमका सम्पादक हुन् ।
उक्त पुरस्कार मंसिर २४ गते प्रदान गरिने प्रेस काउन्सिल नेपालले जानकारी दिएको छ ।

प्रकाशित मिति: Nov 23, 2018

प्रतिक्रिया दिनुहोस्