Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट फर्केका युवालाई १० लाख सम्म सरल कर्जा दिइने

काठमाडौं : सरकारले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउन रु १० लाख सम्मको सरल कर्जा प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई सदुपयोग गर्दै मुलुकको विकासमा लगाउन सरकारले सरल कर्जा प्रदान गर्न लागेको हो ।

स्वदेशमै पेशा, व्यवसाय/उद्यम गर्न इच्छुक युवालाई व्यावसायिक प्रस्ताव पेश गर्न आह्वान गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको हो । सरल कर्जा लिन इच्छुक युवाले आगामी पुस मसान्तभित्र बोर्डको सचिवालयमा व्यावसायिक प्रस्तावसहित निवेदन पेश गर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

विदेशमा कृषि तथा पशुपालन, मत्स्यपालनलगायत विभिन्न उत्पादनमूलक उद्योग कलकारखाना तथा सेवा क्षेत्रमा काम गरी अनुभव हासिल गरेका युवालाई स्वेदशमै उद्यमशीलता विकासका लागि सरल कर्जाले सहयोग गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: Nov 23, 2018

प्रतिक्रिया दिनुहोस्