Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वतः स्थायीको माग गर्दै सिंहदरबारभित्रै अस्थायी कर्मचारीको प्रदर्शन

काठमाडौं : विभिन्न सरकारी निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले स्वतः स्थायीको माग गर्दै सिंहदरबार परिसरमा मंगलबार विरोध प्रदर्शन गरेका छन् । करार कर्मचारी व्यवस्थापन कार्यदलले दिएको सुझावअनुसार सरकारले २ भदौमा समायोजनमा नपरेका अस्थायी वा करार कर्मचारीलाई तीन महिना बराबरको पारिश्रमिक दिएर बिदाई गर्ने निर्णय गरेको थियो । तर, कर्मचारीहरु त्यसको विरोधमा छन् ।

प्रशासनिक पुनर्संरचनाको क्रममा समायोजनामा परेका मन्त्रालय, विभाग, आयोग, सचिवालय र जिल्ला कार्यालयहरूमा कार्यरत ती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका थिए । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघकी महासचिव विमला आचार्यले बुधबार पनि प्रदर्शन गर्ने र माग सुनुवाई नभए थप आन्दोलन घोषणा गर्ने बताइन् ।

आन्दोलनरत कर्मचारीले ६ बुँदे माग अघि सारेका छन् । पहिलो बुँदामा सरकारी कार्यालय, संघ-संस्था र अर्धसरकारी निकायहरूमा २४० दिन काम गरिसकेका अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई एकपटकका लागि स्वतः स्थायी गर्नुपर्ने उल्लेख छ ।

ती कर्मचारीहरूलाई रोजीरोटीको ग्यारेन्टी गर्दै उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने, संघीय निजामती सेवाको गठनमा अस्थायी/करार सेवा राख्नुपर्ने, अस्थायी कर्मचारी सम्बन्धी सरकारले गत भदौमा गरेको निर्णय खारेज गर्नुपर्ने संघको माग छ ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्