Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुलीको मुलकोटमा यात्रुबाहक बस खस्यो, १ को मृत्यु ४ गम्भीर

काठमाडौं : सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले दिएको जानकारी अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ ।

बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटना के कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको एसपी यादवले बताए ।

प्रकाशित मिति: Oct 12, 2018

प्रतिक्रिया दिनुहोस्