Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने- “विकास निर्माणका काम छोडेर बामदेवका लागि उपचुनाव हुँदैन”

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेता बामदेव गौतमले नै उपचुनाव नलड्ने भनिसकेकाले अब यसबारे कुरा गर्न जरुरी नरहेको बताएका छन् ।

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेपछि दाहालले यस्तो बताएका हुन् ।

शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले विकास निर्माण छाडेर उपचुनावमो लफडामा नलाग्ने स्पष्ट पारे ।

दाहालले केपी ओली नेतृत्वको सरकारको भने खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए ।

प्रकाशित मिति: Oct 12, 2018

प्रतिक्रिया दिनुहोस्