Logo
१५ बैशाख २०८१, शनिबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नाम ‘मिथिला प्रदेश’ राख्नुपर्छ, सरकार सबैभन्दा असक्षम : उपसभापति निधि

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला प्रदेश राखनुपर्ने धारणा राखेका छन् । उनले प्रदेश २ को प्राचीनता र सांस्कृतिक गरिमालाई दृष्टिगत गरी मिथिला प्रदेश नामाकरण गर्नुपर्ने धारणा राखेका हुन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका छन् । उनले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेकोसमेत आरोप लगाए ।

उनले भने, “प्रादेशिक सरकार केन्द्रीय सरकारको सङ्घीयता समाप्त पार्न साझेदारको भूमिका निर्वाह गरिरहेको छ ।” उनले भने – ‘झन प्रदेश २ को अवस्था त असक्षमता शब्दलाई नै लाज लाग्ने खालको छ ।’

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्