Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

बनेपा : पनौती नगरपालिका–१० मा एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार हिजो दिउँसो घरबाट घाँस काट्न जङ्गल गएकी तामाङ बेलुका घर नआएपछि खोजतलास गर्ने क्रममा आज बिहान घरदेखि डेढ किलोमिटर टाढाको ठूलो भिर भन्ने ठाउँमा लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्