Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक सातासम्म सभामुख महरा दाङमै रहने : ‘कानुनको आवश्यक निर्माण र संशोधनमा संसद केन्द्रित’

दाङ  : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले तीन तहकै सरकारलाई सहज ढंगबाट सञ्चालनका लागि आवश्यक कानुनहरु बन्ने क्रममै रहेको बताएका छन्।  सरकारहरु सहज ढंगबाट अघि बढ्नका लागि आवश्यक कानुनको निर्माण र संशोधनमा संसद केन्द्रित रहेको उल्लेख गरे।

एक सातासम्म दाङमै रहने जनाउँदै महराले जनसरोकारका विषयमा व्यापक छलफल गर्ने योजना बनाएको बताए। आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले जिल्लाको समस्यालाई सुल्झाउन सरोकार राख्ने क्षेत्रहरुसँग निकासका लागि पहल गर्ने उल्लेख गरेका छन्।

सरकार अन्यौल अवस्थामा रहँदा विकास निर्माणमा गतिरोध सिर्जना हुने जनाउँदै महराले त्यसैलाई सहज बनाउन फागुनसम्म ६० वटा कानुन संशोधन हुने र १० वटा बिधेय छलफलमै रहेको जानकारी दिए।

घोराही उपमहानगरपालिकाले सोमबार गरेको स्वागत कार्यक्रममा बोल्दै सभामुख महराले तीन वटै तहका सरकारमा केही अन्यौल रहेपनि कानुनी रुपमा सबै सरकारलाई सक्षम र गतिशील बनाउने गरि कानुन बन्ने क्रममै रहेको जानकारी दिएका हुन्।

 

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्