Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ वर्षीया बालिका श्रेया लाई बलात्कारपछि हत्या गर्ने व्यक्ति पक्राउ

पोखरा : कास्कीको पुम्दी-भुम्दी कोदीकी ९ वर्षीया श्रेया बिकको बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रेया बिकको मंगलबार बिहान शव भेटिएको थियोे । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

शंकास्पद केही व्यक्तिलाई अनुसन्धान गर्ने क्रममा एकजनाले अपराध स्वीकार गरिसकेको कास्की प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले बताएका छन् । उनले बुधबार नै पत्रकार सम्मेलन गरेर उक्त व्यक्तिलाई सार्वजनिक गर्ने बताए ।

डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्नेदेखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो । मंगलबार बिहान ८ बजे स्थानीय बासिन्दाले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

निरन्तर खटिरहेको प्रहरीले अनुसन्धान पश्चात आरोपीसम्म पुग्न सफल भएको हो । घटना संलग्न छिमेकीको भएको बताइएको छ । सोमबार साँझ विद्यालयबाट फर्केर बिस्कुट किन्न पसल गएकी उनी मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्