Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिड पिडत सम्झनाको परिवारलाई थप ३ लाख राहत, छानबिन गर्ने निर्णय

जनकपुरधाम : प्रदेश २ सरकारले एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्झनाको निधनप्रति दुःख व्यक्त गर्दै ३ लाख क्षतिपूर्ति दिने घोषणा गरेका हुन् ।

राउतले बेटी बचाऊ, बेटी पढाऊ योजना अन्तर्गत उक्त रकम दिन लागिएको मंगलबार एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । यसअघि प्रदेश सरकारले सम्झनाको परिवारलाई १ लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले उपचाररत सुस्मिता दासको उपचारमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । १५ वर्षीया सुस्मीता हाल उपचाररत छिन् ।

यसैबीच, मुख्यमन्त्री राउतले एसिड आक्रमणको छानवीन गरी दोषीमाथि कारवाही गर्न तथा भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक उपाय तथा कानुनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेश गर्न मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्