Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं – सरकार र यातायाता व्यवसायीबीच लामो समयको रसाकस्सीपछि दशैंका लागि अग्रिम टिकट बुकिङ आज खुला भएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिपछि चिँडिएका यातायात व्यवसायी सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाउने सरकारी निर्णयपछि टिकट खोल्न राजी भएका हुन् । २ सय ४५ वटा यातायात समितिको रोक्का बैंक खाता खोल्न व्यवसायीले दिएको दवाव, सरकारले नमानेपछि टिकट बुकिङ अन्योलमा परेको थियो । 

काठमाडौंका बिभिन्न काउन्टरबाट टिकट वितरण सुरु गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट काट्दा यात्रुलाई सहज बनाउन र छुट्ने वसको उचित व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति समेत गठन गरेको छ । दुवै समिति बिहानैबाट सक्रिय भएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिनुभयो । काठमाडौंमा रहेका झण्डै ३५ लाख सर्वसाधारण यो पटक दशैं मान्न घर जाने अनुमान ट्राफिक प्रहरीको छ ।  

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्