Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालोदिवस भन्दै गरिएको पोष्टलाई फेसबुकमा शेयरगरेपछि एक सरकारी कर्मचारीको जागिर चट्ट

जनकपुरधाम : गत असोज ३ गते संविधान दिवसको दिन कालोदिवसको पोष्ट समाजिक सञ्जालमा सेयर गरेको निहुमा धनुषा जिल्ला अदालतका एकजना कर्मचारी कामबाट निकालिएका छन् । जिल्ला अदालत धनुषाका करारमा खरिदार (डिठ्ठा) मा कार्यरत्त गुञ्जा राय कामबाट निकालिएकी हुन् ।

रायले आज जनकपुरमा पत्रकार सम्मेलन गरी असोज ३ गते संविधान दिवसको दिन कालोदिवसको पोष्ट फेसबुकमा शेयर गरेकै कारणले आफुलाई कामबाट निकालेको बताउनुभयो । गत असोज ५ गते अदालतका स्रेस्तेदार राधाकान्त झाले रायलाई थमाएको अवकाश पत्रमा उल्लोख गरिएको छ ‘२०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको छ ।’

तर निस्काशन गरीएकी रायले भने अदालतमा आफु जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको र आफुर्लाइ अवकाश पत्र थमाइएकोले संविधान दिवसमा कालो दिवसकै पोष्ट शेयर गरेकै कारणले निकालिएको दावी गर्नुभयो । रायले गुनासो गर्दै भन्नुभयो ‘ यदि मैले फेसबुकमा कालो दिवसको अर्काको पोष्ट शेयर गरेको छु भने मलाई स्पष्टी करण त अदालतले सोध्नु पुथ्र्यो , तर त्यो कुरा समेत नसोधि मलाई एकाएक निस्काशन गर्नु कतिको उचित हो ? म माथि अन्याय भएकै हो । ’

उहाँले आफुलाई मात्र कामबाट हटाउने अरु कै निहु नभई कालो दिवसकै पोष्ट शेयर गरेको कारणले निकालिएको दावी गर्नुभयो । रायले काममा फर्किन चाहेको वा नचाहेको विषयमा केहि कुरा भने भन्नु भएन । तर अगामी दिनमा विना स्पष्टीकरण सोधपुछ र कारण नदेखाई कामबाट निकाल्ने व्यवस्थाको विरोधमा आफु रहेको रायको भनाई छ ।

सबैको आफ्नो व्यक्तिगत स्वतन्त्रता समेत संविधानले प्रत्याभूत गरेको अवस्थामा आफुलाई पोष्ट शेयर गरेकै कारणले यदि अदालतले कामबाट निकालिएको छ भने त्यो न्यायपूर्ण नभएको उहाँको तर्क छ । अगामी दिनमा कुनै कर्मचारीसंग यस्तो घटना नहोस् मात्र आफुले चाहेको रायले बताउनुभयो । राय वि.स. २०७३ पुस १७ गतेदेखि जिल्ला अदालत धनुषाको डिठ्ठा पदमा करारमा कार्यरत्त हुनुहुन्थ्यो ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्