Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटाहामा भयो पत्रकारहरुलाई समेत कारवाही गर्ने सहमती, पोष्टमार्टमका लागि शव उाठाइयो

सुनसरी स्थित खुर्शिद आलम अन्सारीको हत्यापछि आन्दोलित रामनगर भूटाहाबासी र सरकारबीच सहमती भएको छ । यो सहमतीसंगै अन्सारीको शवलाई पोष्टमार्टम गर्नका लागि धरान लगिएको छ । बिहिबार १२ बजे तिर हतियाधारी ब्यक्तीहरुको एक समुहबाट मारिएका अन्सारीको शव घटनास्थलमै राखिएको थियो ।

स्थानीयबासी र उनका परिवारले शवलाई उठाउन दिइएको थिएन । शुक्रवार बिहानैदेखि भएको बिभिन्न वार्तापछि साँझ पौने ६ बजेतिर सहमती भएको हो । नेकपा नेता भीम आर्चायको अगुवाईमा प्रदेश नम्बर १ सरकारका प्रतिनिधि, प्रदेश प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र काठमाण्डौबाट आएका विशेष टोलीबीच भएको वार्तापछि आन्दोलित स्थानीयवासी सहमत भएका हुन् ।

शहिद घोषणा गर्दै मृतकको परिवारलाई क्षतिपुर्ती, घटनाको उच्चस्तरिय निष्पक्ष छानवीन, स्थानिय प्रहरीलाई करवाही लगायतको सहमती भएको छ ।

त्यसैगरी आंतककारीसँग जोड्दै खुर्शिदबारे झुठा समाचार लेखेका पत्रकार तथा संचारमाध्यमहरुलाई कारवाही गर्ने समेत राज्यपक्षले  आश्वासन दिएका छन् । मृतकका परिवार तथा आन्दोलित स्थानियहरुले खुर्शिद हत्याको दुःखसँगै पत्रकारहरुले गलत समाचार लेखेका कारण थप दुखी बनाएको भन्दै कारवाही गर्न माग राखेका थिए ।

केहि सञ्चारमाध्यमको र केही पत्रकारहरुको नाममै किटेर लिखित उजुरी समेत आएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले बताए । उनले भने ‘यो सहमतीसँगै अब भोलीदेखि बजार पनि खुल्नेछ, जनजीवन समान्य हुनेछ ।’

वार्तापछि सहमती सुनाउँदै हरिनगर गाँउपालिकाका प्रमुख गफार अन्सारी

वार्ता हुँदै

र्ता भइरहँदा उपस्थित भिड

वार्ता भइरहँदा उपस्थित भिड

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्