Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुमको त्रिवेणी गाउँपालिकाका स्थानीयवासी अँध्यारोमै बस्न बाध्य

मुसिकोट : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका एक हजार ८०० घरपरिवार अँध्यारोमा बस्न बाध्य छन् । वडा नं ७, ८, ९ र १० मा विद्युत् सेवा विस्तार नहुँदा स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण शाखाले विद्युत् सेवा विस्तार नगर्दा चारै वडाका बासिन्दालाई समस्या भएको छ । विजुली नहुँदा बालबालिकाको पढाइलेखाइ तथा घरायसी कामकाजमा समस्या भएको स्थानीयवासी डेम प्रकाश ओली बताउनुहुन्छ । गाउँमै उत्पादन गरिएको विद्युत् सेवा पहिरोका कारण अवरुद्ध छ । धेरैजसो ठाउँमा विद्युत्का पोल ढलेका छन् भने तार लथालिङ्ग अवस्थामा छ ।

गाउँका बासिन्दा केन्द्रीय प्रसारणको विद्युत् सेवा उपभोग गर्न पर्खाइमा छन् । विद्युत् प्राधिकरण र ठेकेदारको लापर्बाहीले विद्युत् सेवा विस्तार हुन नसकेको स्थानीयवासी निर्मल चन्द बताउनुहुन्छ । यस वर्ष पहिरोले अधिकांश पोलमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरण रुकुम वितरण शाखाका प्रमुख दिवकर प्याकुरेल वर्षाका कारण विद्युत् सेवा विस्तारमा ढिलाइ भएको बताउनुहुन्छ ।

वर्षासँगै बोलपत्र आह्वान प्रक्रिया र विद्युत् सामग्री अभावले विद्युत् विस्तारमा समस्या भएको हो । ‘बाँकी काम वर्षा रोकिएपछि शुरु हुन्छ,’ उहाँले भन्नुभयो । (रासस)

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्