Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुर्सिद हत्या घटना छानबिन गर्न सिआइबी समेत २ टोली गठन, गृहमन्त्रीले काठमाण्डौंमै वर्ता गर्ने

सुनसरी स्थित बिहिबार भुटाहामा हतियारधारी समुहबाट भएको खुर्सिद आलम अन्सारीको हत्या घटनाबारे छानबिन तथा अनुसन्धान २ ओटा छुटाछुटै टोली गठन भएको छ भने स्थानीय ५ जनाको वर्ता टोलि काठमाडौ स्थित गृहमन्त्रीसँग वार्ता गर्ने भएको छ । हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहा बजारमा बिहिबार उनको हत्या भएको थियो । घटनापछि आक्रोसित भएका स्थानीयबासीको माग सम्बोधन गर्दै घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (आइबी) को टोली र अर्को छुटै प्रहरी टोली घटनास्थलतर्फ लागेका हुन् ।

गृहमन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी०को नेतृत्वमा ५ सदस्यीय अर्को छानबिन समिति गठन गरी पठाएको बताइएको छ । त्यसैगरी मन्त्रीस्तरबाटै पुरा गर्न सकिने मागहरुबारे छलफल गर्न गहमन्त्री रामबहादुर थापाले स्थानीय ५ जनाको वर्ता टोली काठमाडौ बोलाउन लगाइएको छ ।

बिहिबार अबेर रातीसम्म स्थानीय नेतृत्वसँग प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखबीच भएको छलफलमा स्थानीयले ५ वटा माग राखेका थिए । त्यसमध्ये गृहमन्त्रालयले आफुले पुरा गर्नसक्ने माग शुक्रबार बिहानसम्म सम्बोधन गरेको प्रजिअ प्रेमप्रसाद उप्रेतीले जानकारी गराए ।

‘स्थानीयबासीको अधिकांश माग गृहमन्त्रालयले पुरा गरिसकेको छ, सिआइबीको टोली घटनास्थलतर्फ आउदैछ भने एसएसपीको कमाण्डमा ५ सदस्यीय छानबिन टोली पनि गठन भइसकेको छ,’ प्रजिअ उप्रेतीले भने । स्थानीयको माग वमोजिम मृतकलाई शहीद घोषणा र क्षतिपुर्ति दिनुपर्ने माग मन्त्रीपरिषदबाट निर्णय हुनुपर्ने भएकोले दिउँसो बस्ने मन्त्रीपरिषद बैठकमा पेश भएर सम्बोधन हुने पनि प्रजिअ उप्रेतीले जानकारी दिए ।

उनका अनुसार स्थानीयबासीले गृहमन्त्रीसँग वार्ता गर्ने वातावरण बनाउन माग गरेका थिए । सोही वमोजिम स्थानीयबासीको ५ जनाको टोलीसँग गृहमन्त्री कुरा गर्न सहमत भइसकेको मन्त्रालयबाट जानकारी आएको पनि उनले बताए । ‘हिजै पनि मुस्लिम नेताहरुसँग गृहमन्त्री ज्युले भेट गरिसक्नु भएको छ, स्थानीयको माग वमोजिम ५ जनाको टोलीसँग उहाँ कुरा गर्न पनि तयार हुनुभएको खबर आयो, मैले त्यही कुरा स्थानीय नेतृत्वसँग गरिसकेको छुँ,’उनले भने ।

बिहिबार बिहान करिब ११ बजे भुटाहा चोकमा स्कुलबाट घर फर्कने क्रममा मोटरसाइकलमा सवार आलमलाई गोली प्रहार भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । पल्सर र अपाची गरी दुई वटा मोटरसाइलमा आएका भारतीय हतियारधारीले उनको कञ्चट र पेटमा गोली प्रहार गरेका थिए । गोली प्रहारपछि दक्षिणतर्फ भाग्दै गरेका हतियारधारी समुहसँग आमने सामने हुदा घुस्की प्रहरी चौकीका जवान शिवलाल पौडेल पनि घाइते भएका थिए । उनलाई तीघ्रा र कम्मरमा गोली लागेको थियो । उनी खतरामुक्त छन् ।

भारतीय सिमाभन्दा करिब १४ किलोमिटर उत्तरमा भएको गोलीकाण्डपछि पनि अपराधीहरु बोर्डर पार गर्न सफल भएपछि नेपालका सुरक्षा संयन्त्रको चर्को आलोचना भइरहेको छ । भुटाहा, घुस्की र बोर्डरमा रहेको सशस्त्र प्रहरीले पनि हतियारधारी समुहलाई रोक्न नसकेको भन्दै तीब्र आलोचना भइरहेको छ । आक्रोशित स्थानीयासीहरुले शव अझै पनि उठ्न दिएको छैन ।

सयौंको संख्यामा घटनास्थल भुटाहा चोकमा नाराबाजी गरिरहेका छन् । भुटाहा, घुस्की क्षेत्रको बजार, यातायात ठप्प रहेको छ । भुटाहास्थित प्रहरी चौकीमा आक्रमणको प्रयास भएपनि अप्रिय घटना भने भएको छैन ।

हेर्नुस् भिडियोहरु :

हेर्नुस् केहि तस्विहरु :

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्