Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको भुटाहामा दिनदहाडै नेकपा नेताको हत्या, एक प्रहरी जवान घाइते

सुनसरी स्थित हरिनगर गाँउपालिकामा एक अज्ञात समुहले नेकपाका स्थानिय नेता खुर्सिद आलम अन्सारीको हत्या गरेका छन् । ४ जनाको समुहमा आएका उक्त हत्याराहरुको समुहले अन्धाधुन्ध गोली हानी अन्सारीको हत्या गरेका हुन् ।

साविकको वडा नम्बर ४ हाल २ निवासी अन्सारीको हत्या भने बिहिबार दिउसो भूटाहा बजारमा भएको हो । उक्त घटना के-कसरी भएको हो, त्यसबारे थप विवरण खुल्न सकेको छैन ।

हरिनगर गाँउपालिकाका प्रमुख गफ्फार अन्सारीले घटनाको अनुसन्धान भइरहेको बताए ।

उक्त समुहले चलाएको गोली लागेर अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । गोली हानेर उक्त समुह भाग्दै गर्दा स्थानिय प्रहरीले घुस्की स्थित घेराउ गर्ने प्रयास गरेका थिए ।  तर कसैलाई पक्राउ भने गर्न सकेनन् ।

गाँउपालिका प्रमुख अन्सारीका अनुसार सोही समुहको गोली लागेर एक जना प्रहरी जवान घाइते भएका छन् । घाइते प्रहरी जवान शिवलाल पौडेलको थप उपचारका लागि बिराटनगर लगिएको छ । उनको छाती र पाखुरामा गोली लागेको छ ।

भारतबाट आएको हतियारधारी समूहले उनको हत्या गरेको हुन सक्ने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा हरिनगर समितिका उनी प्रवक्ता हुन् । भुटाहा स्थित रैयान नेशनल पब्लिक स्कुलका संचालक समेत हुन् ।

मोटरसाइकलमा आएको हतियारधारी समूहले उनको हत्या गरि भुटाहा बजारको दक्षिणी मार्ग (भूटाहा–घुस्की) हुँदै भागेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले हतियारधारी समुह भारत तर्फ भागेको बताए ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको उनले बताए । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले दिएको जानकारी अनुसार भारतीय नम्बर प्लेटको पुरानो मोटरसाइकलमा आएका उक्त समुहले गोली चलाएका हुन् । गोली लागेर अन्सारीको घटनास्थलमै ज्यान गएको हो ।

आफूहरु अहिले घटनास्थलमा रहेको र घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: Sep 20, 2018

प्रतिक्रिया दिनुहोस्