Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिरिजा प्रसाददेखि केपी ओलीसम्मले मधेशीसँग गद्दारी गरे : महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला देखि बर्तमान प्रधानमन्त्री केपी ओलीसम्मले देशको मधेशीसँग गद्दारी गरेको बताएका छन् ।

पटक-पटक मधेशी आन्दोलनको क्रममा सबै प्रधानमन्त्रीहरूले सहमतिका नाममा “गद्दारी” मात्र गरेको आरोप लगाए ।

प्रदेश नम्बर २ स्थित वीरगंजको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले मधेश आन्दोलनलाई मत्थर पार्न विभिन्न समयमा विभिन्न बुँदा सहमति गरिएको तर उक्त सहमति पटकथा झै साबित भएको बताएका हुन् ।

‘कुन सहमतिको पुरा बुँदा कार्यान्वयन भएको छ, सबै जनतालाई थाहा छ, प्रधानमन्त्री भएर सहमति गर्ने तर कार्यन्वयन नगर्ने यस्तो रवैया देखिएको छ,’ ठाकुरले भने, ‘चाहे त्यो गिरिजाप्रसाद कोइरालाको पालाको होस, चाहे सुशील र केपीको, सबैको पालामा मधेसी जनताको भावनासँग खेलबाड गरिएको छ ।’

राजपासँग सहमति गर्दा मधेश आन्दोलनको क्रममा थुनामा परेका सबैलाई रिहाइ गर्ने, झुटा मुद्दा खेपिरहेका लाई मुद्दा फिर्ता लिने देखि नागरिकताको सवालमा राज्य स्तरको प्रान्त बनाउने सवालमा सबैमा विगतका प्रधानमन्त्रीले मधेशसँग विभेद र आफ्नो अधिनायकवादको बलमा मधेशीको हकअधिकारलाई दबाउँदै आएको पनि उनले चर्चा गरे । ठाकुरले मधेशीले संघर्ष कहिले बन्द गर्छन् भन्ने सवालमा भने, ‘यो लडाई जारी रहन्छ, जबसम्म सरकारले पहिले भएको सहमतिलाई पालना गरेर देखाउँदैन ।’

सोही कार्यक्रममा राजपाका नेता तथा सांसद लक्ष्मणलाल कर्णले मधेशीको बीउलाई बचाउन मधेसवादी दल आन्दोलन रोकेर निर्वाचनमा गएको बताए ।

‘बीउ रहे रुख रहन्छ र फल दिन्छ,बीउ नै नरहे रुखको सप्रन सक्दैन । हामी माथि प्रश्न पनि उठ्छ, किन सरकारको कुरो मानेको किन कुर्सीमा गएको तर मधेसी रूपी बीउलाई जोगाउन र मलजल गर्न हामी निर्वाचनको बाटो पहिल्याएको हौं, संविधान मानेका होइन ।

उनले भने, ‘रगतले लतपतिएको संविधानमा मधेशीको पहिचान र अधिकार सुनिश्चित नभएसम्म मधेशी जनता संविधान जारी हुने दिनमा कालो दिवस मनाइ रह्न्छन् र ब्ल्याक आउट गरिरहन्छ ।’

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्