Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य आज फेरी ह्वातै बढ्यो

काठमाडौं : आज बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार गलबार प्रतितोला ५८ हजार रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ४ सय रुपैयाले बढेर ५८ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलबार स्थिर रहेको सुनको मुल्य आज एक्कासी ४ सय रुपैयाले बढेको हो ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेर तोलामा ७ सय २० रुपैयामा कायम रहेको रहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भएको थियो ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्