Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वास्तविक हत्यारालाई कारवाहीको माग गर्दै इलामका महिलाहरुले निकाले र्‍याली

इलाम : निर्मला पन्तको वास्तविक हत्यारालाई छिटोभन्दा छिटो सार्वजनिक गरी कानुनी कारवाहीको माग गर्दै इलामका महिलाहरुले र्‍याली निकालेका छन् ।

गत साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरिएको थियो घटना भएको लामो समय हुँदासमेत प्रहरीले हत्यारा पत्ता नलगाएको भन्दै इलामका महिलाहरुले सदरमुकाम इलाममा विरोध प्रदर्शन गरेका हुन् ।

महिला जागरण संघ इलाम र महिला उद्यमी विकास एकाई इलामले आयोजना गरेको र्‍यालीमा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता थियो । निर्मलाको हत्यारालाई कारवाही गर्न ढिलो गरेकाले विरोधमा उत्रन बाध्य भएको महिला जागरण संघ इलामकी अध्यक्ष बिष्णु दाहालले जानकारी दिइन् ।

र्‍यालीमा सहभागीहरुले नारा लगाउँदै बजार परिक्रमा गरेर सदरमुकामको चोक बजारमा कोणसभा समेत गरेका थिए ।सयौं सहभागी प्रदर्शनमा महिलाहरुले निर्मलाका निम्ति न्याय, बलात्कारको घटनाको अन्त्य गर, दोषीलाई कारवाही गर लगायतका नारा लेखिएको प्ले कार्ड समेत बोकेका  छन् ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्