Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार र मोटरसाइकल ठक्कर खाँदा ३० वर्षीय राजु कार्कीको मृत्यु

मोरङ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ मा आइतबार साँझ भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च २०६३ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४० प १९४३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा साँझ ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार झापा धुलावारी १० का ३० वर्षीय राजु कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते कार्कीको उपचारका क्रममा पथरी अस्पतालमा साँझ पौने ७ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङको साविकको नेर्पा गाविस ८ का ३० वर्षीय चन्द्रबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका छन् । कार चालक फरार रहेका कारण खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्