Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

फाइल तस्विर

काठमाडौं :  दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । दशैं मनाउन राजधानी काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुहरुको चाप निकै बढी हुने गरिएको हुन्छ ।

यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो । आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अगि्रम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।

बैठकले आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने सहमती गर्दै सबै पक्षले तयारी थाल्ने समेत सहमति गरेको छ । यतायात ब्यवसायीहरुको माग संबोधनको विषय के–कसरी सहमती भएको हो त्यसबारे केहि खुलेको छैन । भाडाको विषयमा भने सरकारले निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्