Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर-पटना बस सेवा शुरु : हरियो झण्डा देखाएर उदघाटन

जनकपुरधाम : जनकपुर-पटना बस सेवा शुरु भएको छ । प्रदेश २ को मुकाम जनकपुरदेखि छिमेक देश भारत विहारको राजधानी पटना जोडने बस सेवालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार हरियो झण्डा देखाएर उदघाटन गर्नुभएको छ ।

मञ्जुश्री प्रालिले नेपाल भारत मैत्री बससेवा बस जनकपुरबाट भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटनाको लागि छुटेको हो । जनकपुर पटना बस सेवा जनकपुरबाट बिहान १० बजे र राति ८ बजे बस खुल्ने छ ।

त्यस्तै पटनाबाट जनकपुरकालागि अपरान्ह ३ बजे , बिहान ४ बजे र राति ९ बजे बस छुट्ने समय तालिका छ । जनकपुर–पटनाको भाडा भारु. २७५ अर्थात नेपाली रुपैयाँ ४ सय ४० निर्धारण गरिएको छ ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरबाट पटनाका लागि बस सेवाको आइतबार उदघाटन गर्दै । तस्वीर : अजयकुमार साह, महेन्द्रनगर(धनुषा)

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्