Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, महोत्तरीका प्रहरी नायव निरीक्षक रामबाबुप्रसाद यादव र घुसको नाता

जनकपुरधाम :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले ५ हजार घुस सहित इलाका प्रहरी कार्यालय रामगोेपालपुुर महोेतरीका प्रहरी नायव निरीक्षकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायव निरीक्षक रामबाबु प्रसाद यादवलाइ ५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले बुधबार दिउसो रंगेहात पक्राउ गरेको हो ।

भारतबाट समान ल्याउन बोर्डर मिलाइ दिने भन्दै व्यपारीबाट रुपैया लिदै गर्दा प्रहरी नायव निरीक्षक यादवलाइ रामगोपालपुरबाट पक्राउ गरेको हो । घुस सहित पक्राउ परेका यादवको बारेमा अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्