Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक, पैनी र खोला अतिक्रमणबारे सशक्त बन्ने इटहरी उपमहानगरकाको रणनीती

इटहरी उपमहानगरका विज्ञ सल्लाहकारहरुले सडक,पैनी र खोला अतिक्रमण हुन नदिन मापदण्डलाई कडाइका साथ पालना गराउन उपमहानगरलाई सल्लाह दिएका छन । सल्लाहकार समूहको विहान वसेको वैठकले मापदण्ड वनिसकेको भए मापदण्ड पालना गराउनु पर्ने र मापदण्ड नवनेको भए वनाएर ब्यवस्थित गर्न सल्लाह दिएको विज्ञ सल्लाहकार संयोजक डा दिवाकर रेग्मीले जानकारी दिनुभयो । वैठकमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले खोला पैनीको अधिकार क्षेत्र तोक्न चाँडै कार्यदल गठन गर्ने वताए । उनले देशैभरका नगरपालिकाहरुमा भवन निर्माण संहितालाई कडाइका साथ कार्यावन्यन गर्न निर्देशन आएको जानकारी दिए ।

वैठकमा भूगोलका प्राध्यापक सूर्य राईले सडक,खोला,पैनी अतिक्रमण गरेर मापदण्ड विपरित भवन संरचना वनाउन नहुनेमा जोड दिए। उनले मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए । अर्का भूगोलविद उमानाथ रिजालले इटहरीलाई आधुनिक शहरका रुपमा विकास गर्ने हो भने अहिले देखिनै गुरुयोजना वनाएर अधि वढन सुझाव दिए । डा.वद्रिविशाल पोखरेलले सडक अधिकार क्षेत्र मापदण्ड अनुसार गर्न र खोलापैनी अधिकार क्षेत्रका लागि ब्यवहारिक मापदण्ड वनाएर अघि वढनु पर्ने वताए । प्रेम प्रसाद न्यौपानेले पैनी खोलाको अधिकार क्षेत्रका वारेमा राष्टिय सँगै स्थानीय मापदण्ड वनाउनु पर्ने वताए । राजेश श्रेष्ठले सडक अधिकार क्षेत्रको मापदण्ड उ वेला वनेपनि कार्यावन्यन चाँहि किन हुन नसकेको भन्ने प्रश्न गरे ।

कानुनी सल्लाहकार प्रेम अधिकारीले वनेका कानुनलाई नाँधेर जान नहुनेमा जोड दिए। वोधराज नेपालले इटहरीका खोला पैनीहरु नक्सामा एकातिर भएपनि अहिले अर्कातिर वगिरहेका कारण तिनिहरुको वहाव क्षेत्र तोकेर मापदण्ड लागु गरिनु पर्ने वताए । वैठकमा लेखनाथ घिमिरेले इटहरी उपमहानगरले भएगरेका गतिविधिलाई ब्यवस्थित ढंगले जनतालाई जानकार गराउनुपर्ने वताए। इटहरी उपमहानगरका प्रमुख प्रशाशकीय अघिकृत छवि रिजालले इटहरी उपमहानगरले सवै सरोकारवालाहरु छलफल गरेर कानुन कार्यावन्यन गर्ने जनाए ।

वैठकमा इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले राष्टिय राजमार्गमा सडक अधिकार क्षेत्र सडकको विच वाट दुवैतिर २५,२५ मिटर र सेटब्याक ६ मिटर रहेको जानकारी दिए । खोला किनारवाट सय फिट र पैनीको हकमा १० फिट छाडेर मात्र भवन संरचना वनाउन पाउने मापदण्ड रहेको उहाँले जनाए । वैठकमा छलेन सडक परियोजनाका डिभिजनल इन्जिनियर विनोद अग्रवालले इटहरीमा करिव ६ किलोमिटर सडक ६ लेन वन्नु इटहरीकालागि ठूलो अवसर रहेको वताए ।

उनले तोकिएको सडक क्षेत्राधिकार मापदण्डलाई आफूहरुले कार्यावन्यन गर्नेै पर्ने वताए । अहिले पनि सडक अतिक्रमण भइरहेको र गर्ने प्रयास भइरहेकाले यसले भविश्यमा चुनौती ल्याउनेमा सजग गराए । अग्रवालले छ लेन सडक विस्तारकै क्रममा इटहरीमा आकाशेपुल वनाइने जानकारी दिए ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्