Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरपालिका करको दरमा संशोधन : आठवटा शीर्षकमा निःशुल्क

कर वृद्धिको गुनासो स्थानीयले गरेपछि सप्तरीको बोदे बरसाईन नगरपालिकाले करको दरमा संशोधन गरेको छ। नगरपालिकाले यसअघि कायम गरेको केही शीर्षकको कर बढी भएको सेवाग्राहीबाट गुनासो आएपछि कार्यपालिकाको बैठकले छलफल गरी कर दररेटमा संशोधन गरेको नगर प्रमुख आतेशकुमार सिंह यादवले जानकारी दिए।

प्रमुख यादवका अनुसार नगरपालिकाले कर दररेटमा संशोधनसहित आठवटा शीर्षकको कर मिनाहा गरी निःशुल्क गरेको छ। नगरपालिकाले एक सूचना जारी गरी जनतालाई सहुलियत हुने हिसाबले विभिन्न आठवटा शीर्षकमा कायम गरिएको कर मिनाहा गरेको जनाएको छ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार नागरिकता प्रमाण पत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाईसराई दर्ता, सम्वन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृती सिफारिस र स्वास्थ्य सम्बन्धी सिफारिस सेवा निःशुल्क गरिएको छ।

घटना भएको मितिले ३५ दिनभित्र घटना दर्ता नगरेमा नगरपालिकाको कार्यपालिका बैठकले छलफल गरी जरिवाना तोकिने जनाइएको छ। जिल्लाभरिका स्थानीय तहले विभिन्न शीर्षकमा कर बढाएको आलोचना भइरहेका बेला नगरपालिकाले भने कुनै पनि वस्तुमा कर नबढाएको दावी गरेको छ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्