Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत

राजविराज : प्रदेश सरकारले तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत रकम उपलब्ध गराएको छ ।

प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई रु तीन लाख राहत रकम उपलब्ध गराएका हुन् । मन्त्री साहले आन्दोलनका क्रममा शहीद भएकाको परिवार र घाइतेको जीवनयापन सहज गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

विसं २०७२ मङ्सिर ५ गते तेस्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर झाको दायाँ खुट्टामा चोट लागेको थियो । त्यतिबेला उपचारकै क्रममा उनको खुट्टा काट्नुपरेको थियो ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सङ्घीय समाजवादी फोरम नेपालका नेता विनोद माझी, स्थानीय सञ्चारकर्मी गङ्गा साह र रामसेवक यादवलगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्