Logo
१५ बैशाख २०८१, शनिबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवले गरे गजेन्द्रनारायण सिंह अस्पतालमा डायलासिस सेवाको सुभारभ्भ

राजविराज : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मिर्गौला पीडितका लागि डायलासिस सेवा सुरु भएको छ । उपकरण आएको १६ महिनापछि शुक्रबार उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डायलासिस सेवाको उद्घाटन गरेपछि सेवा सुरु भएको हो।

दुईवटा डायलासिस र एक आर.ओ. मेसिन स्वास्थ्य सेवा विभागबाट २०७४ बैशाख १० गते तथा थप दुईवटा मेसिन स्वास्थ्य मन्त्रालयमार्फत प्राप्त बजेटबाट २०७४ असार २९ गते खरिद गरिएको अस्पतालले जनाएको छ। सेवा सुरु भएको पहिलो दिन राजविराज ७ का रामप्रसाद साह र फुलकाहीका चतुरनारायण साहले सेवा लिएको तथा सातजना बिरामीको नाम दर्ता भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।

बिरामी सम्पर्कमा आउने क्रम रहेको भन्दै डा. दासले जनशक्ति अभावले सबै बिरामीलाई सेवा प्रवाह गर्न नसकिने चिन्ता व्यक्त गरे। उनले उपप्रधानमन्त्री यादवसमक्ष विशेषज्ञ चिकित्सकको पदपूर्ति, तालिम र आवश्यक बजेटको माग गरे। पुस १५ गतेबाट डायलासिस सेवा सुरु गर्ने भनिए पनि दक्ष जनशक्ति अभावका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन।

अस्पतालमा चारवटा डायलासिस मेसिन राखिएको छ। यसका लागि एकजना विशेषज्ञ चिकित्सकसहित दुई नर्स र एक प्राविधिक कार्यरत छन्। एक करोड रुपैयाँको लागतमा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएको र कर्मचारीलाई तालिम दिइएको मे.सु. दासले बताए। डायलासिसमा विशेषज्ञ डा. रन्जित झासहितको टोली खटिएको छ। सेवा सुरु भएपछि बिरामीलाई राहत मिलेको भन्दै डा. झाले हाल चारवटा शैयाबाट दिउँसोको सिफ्टमा आठ घण्टा सेवा दिइनेछ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्