Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इमरान खानले शनिबार पाकिस्तानमा २२ औं प्रधानमन्त्री पदको सपथ लिँदै

पूर्व क्रिकेटर इमरान खान पाकिस्तानमा २२ औं प्रधानमन्त्रीको रुपमा चुनिएका छन् । शुक्रबार नेशनल एसेम्बलीमा भएको निर्वाचनमा खान प्रधानमन्त्रीमा चुनिएका हुन् । पिटीआइएका अध्यक्षसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहवाज शरीफलाई हराएका हुन् ।

निर्वाचनमा खानले १७६ मत प्राप्त गरेका छन् भने शरिफले ९६ मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित खान नेतृत्वको पार्टी पिटीआई जुलाई २५ मा सबैभन्दा बढी मत प्राप्त गरेर पाकिस्तानकै सबैभन्दा ठूलो पार्टी बनेको थियो । इमरानले शनिबार प्रधानमन्त्री पदको सपथ लिँदैछन् ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्