Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाजपेयीको अन्त्येष्टि अपराह्न ४ बजे : परराष्ट्रमन्त्री ज्ञवाली र कांग्रेस नेता निधि पनि भारत जाँदै

काठमाडौं : भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने एबिपि न्यूजको वेबमा खबर छ ।

९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ ।

उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।

यता,  नेपालको तर्फबाट वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली सहभागी हुन लागेका हुन् ।

तीन पटक भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको थियो । उनको शुक्रबार अपराह्न अन्त्यष्टि गर्ने तयारी छ । नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाउँदैछ ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्