Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारको ५ महिने उपलब्धी सार्वजनिक (प्रतिवेदन सहित)

काठमाडौं, २८ साउन : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज ९सोमबार ० आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ। सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ।

देखिने गरी सुधार गर्न नसकेको भन्दै अलोचना भइरहेको बेला सरकारले आफ्नो पाँच महिने उपलब्धि पुस्तिका सार्वजनिक गरेको हो । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि वाइड बडीको विमान आवतरणसम्मलाई आफ्नो उपलब्धिको रुपमा उल्लेख गरेको हो । सरकारले असारसम्ममा गरेको कार्यप्रगतिको पहिलो बुँदामा यातायातको सिण्डिकेट अन्त्य, सुन तस्कारीमाथिको अनुसन्धान र कारबाही र विकास निर्माणको ढिलासुस्ती हटाउने कदम उल्लेख गरेका छन्। 

त्यसैगरी अौचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, पेट्रोलियम चुहावट रोक्नका लागि लकिङ प्रणालीको सुरुवात, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणालीको थालनीलाई सरकारले उपलब्धिमा जनाएको छ।सरकारले हवाई सेवा र पर्यटनको पूर्वाधारमा उल्लेखनीय परिवर्तन भएको दाबी गरेको छ। वायुसेवा निगमले वाइडबडी विमान खरिद गरेको, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिवेदन स्वीकृत, गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ५२ प्रतिशत भएको प्रगतिलाई पनि सरकारले आफ्नो ५ महिने उपलब्धिमा राखेको छ। 

प्रधानमन्त्रीको भारत र चीन भ्रमणबाट छिमेक सम्बन्ध नयाँ उचाइमा पुगेको, चीनसँगको पारवहन ढुवानी सम्झौताको बैठक सम्पन्न, विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुको नेतृत्वमा नेपाल निर्वाचित भएको, जलमार्गका लागि स्थलगत अध्ययन, उर्जा उत्पादनमा बाह्य सहयोग लगायतलाई सरकारले आफ्नो कूटनीतिक उपलब्धि मानेको छ। लक्ष्यभन्दा बढी राजश्व संकलन, भन्सार प्रणालीमा सुधार, विकास खर्चमा उत्साहजनक वृद्धि, पूँजी बजारमा डिजिटल पेमेन्ट, श्रमिकलाई बैंकबाट तलब, बक्स अफिस प्रणालीलाई पनि सरकारले उपलब्धीकाे रुपमा उल्लेख गरेको छ।

यस्तै, सडक/रेल पूर्वाधार निर्माणको कार्य तीव्र गतिमा भइरहेको, एकिकृत भन्सार चौकी निर्माण, अरुण तेस्रो जलविद्यूत परियोजनाको शिलान्यास, सिंहदरबार परिसरका भवनहरुमा १ मेगावाट सौर्य विद्युत प्रणाली जडान, उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण शैक्षिक ऋणको कार्यविधि निर्माण, पत्रकार वृत्तिकोष स्थापना, औषधिको मूल्य निर्धारण सम्बन्धि कार्यविधि तयारलाई पनि उपलब्धि मानेको छ। यस्तै, कूल १८७ वटा तुइन रहेकोमा ९० स्थानमा तुईन प्रतिस्थापन गरी झोलुङे पुल निर्माण सम्पन्न भएको र ४४ स्थानमा तुइन विस्थापनका लागि झोलुङ्गे पुल निर्माणधीन अवस्थामा रहेको सरकारले जनाएको छ।

२०७५ साउन २८ गते १६ : ४६ मा प्रकाशित

प्रतिवेदनको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्