Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको दक्षिणीभेगमा पहिलो पटक खुल्ला दौड प्रतियोगिताको आयोजना

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा सुनसरी स्थित दक्षिणीभेगमा पहिलो पटक खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको छ । हरिनगर गाँउपालिका स्तरिय उक्त प्रतियोगिताको उद्घाटन उपप्रमुख रिमझिम भगतले गरेकी हुन् ।

सिएमआरी नेपाल, युथस्टार त्रिकेट क्लव, नेपाल वेलफेयर शोसाइटी, भूटाहाहा समाजिक संस्था, नेपाल मुस्लिम वेलफेयर शोसाइटी, कोशी फूटवल क्लव, पपुलर ग्रुप, क्षमता अभिवृद्धि विकास केन्द्र लगायत १९ ओटा संस्थाहरुको संयुक्त आयोजना आयोजित उक्त प्रतियोगिताको अगुवाई भने नइम अन्सारीले गरेका थिए ।

जिल्लाको ग्रामिण भेग दक्षिणी भेगमा पहिलो पटक आयोजित उक्त कार्यक्रममा सहभागीहरुको आकषर्ण भने निकै बाक्लो देखिएको थियो ।


हेर्नुस् थरी-थरीका तस्विहरु :

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्