Logo
१५ बैशाख २०८१, शनिबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरका चुरे क्षेत्र संरक्षणका लागि ‘चुरे सरोकार समाज’ गठन

देशभरका चुरे क्षेत्र संरक्षण तथा ब्यवस्थापनका लागि ‘चुरे सरोकार समाज’ गठन गरिएको छ । चौतर्फी पक्ष तथा बिभिन्न बिज्ञहरुको बृहत छलफलपछि शुक्रवार ललितपुर स्थित आयोजित एक भेलाबाट उक्त समाजको गठन गरिएको हो ।

पछिल्लो समय देशभर तिब्र रुपमा भइरहेको चुरे क्षेत्र अत्तिक्रमणलाई रोक्नु र भावी समयमा उत्पन्न समस्याहरुको अहिलेदेखी नै समाधान खोज्नु उक्त समाजको मूल दाइत्व हुने दावी गरिएको छ ।

नव गठित समाजले देशको प्रमुख राजनीति नेतृत्व समेत सबै क्षेत्रलाई चुरे समस्याबारे आधिकारिक तथ्य सहित त्यसको सामाधानका लागि बेलैमा अपनाउनु पर्ने उपायहरु समेत प्रस्तूत गर्नेछन् । चुरे तथा वन बिज्ञ डा. नागेन्द्र यादवको संयोजकतवमा गठन गरिएको उक्त समाजको सचिवालय समितिमा बिभन्न क्षेत्रबाट बिज्ञहरुलाई समेटिएको छ ।

तत्काल ११ सदस्य सचिवालय समितिको रुपमा गठन गरिएको समाजलाई आवश्यक्ता अनुसार बिस्तार गर्ने उद्देशय सहित पुर्व सुनसरीदेखि पश्चिम कपिलबस्तुसम्मका विज्ञहरुलाई समेटिएको छ ।

समितिमा यादवसंगै डा. विजय सिंह, डा. रामअधिन यादव, प्रध्यापक ललन तिवारी, अधिवक्ता पंकजकुमार कर्ण, अधिवक्ता सुनिलरञ्जन सिंह, पत्रकार अनिल कर्ण, वीरेन्द्र केएम, सम्झना पौडेल, प्रडा. भगवान ठाकुर, वनविज्ञ जयप्रकाश पाण्डे, शेखर यादव लगायतका रहेका छन् ।

त्यसैगरि बिभिन्न राजनीति दलका प्रभावकारी प्रतिनिधित्व हुनेगरी आन्तर पार्टी चुरे सरोकार सल्लाहकार समिति समेत गठन गरिने धारणा तय गरिएको छ । भेलामा नेकपाका नेता तथा पुर्व सांसद रामकुमार शर्मा, सांसद इन्दु शर्मा, प्रदेशसभा सदस्य नागेन्द्र चौधरी लगायतले आ–आफना धारणा राखेका थिए ।

ललितपुर इन्जिनियरिङ्ग कलेजको सभाहलमा आयोजित भेलामा चुरे सम्बन्धी बृतचित्र, कार्यपत्र, शोधपत्र समेत प्रस्तूत गरिएको थियो ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्