Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं : आज देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

आज बेलुकीदेखि ठूवो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो ।

दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ भने शुक्रबार राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार शनिबार पनि दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

शनिबार राति पश्चिमका केही स्थानहरुमा र पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्