Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हो, यो म नै हु र यो अवस्थामा म खुसी छु : सोनाली बेन्द्रे

बलिउड अभिनेत्री सोनाली बेन्द्रे अहिले न्यूयोर्कमा हाई ग्रेड क्यान्सरको उपचारमा जुटिरहेकी छन् । सोनालीले आफूलाई क्यान्सर भएको जानकारी इन्स्टाग्राममा ४ जुलाईमा एक पोस्ट सेयर गरेर दिएकी थिइन् । यस खबरपछि चकित परेका बलिउडका अन्य कलाकार सोनालीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । पछिल्लो दिन सोनालीले टाउको मुडुलो भएको तस्बिर सेयर गरेकी छन् । जसलाई उनले उपचारको एउटा पाटो भनेकी छन् ।

आइतवार बिहान सोनालीले एक नयाँ तस्बिरर सेयर गरेकी छन् । यो तस्बिर पहिलो नजरमा चकित बनाउने खालको छ । जहाँ सोनाली पुरै खुइलिएको टाउकोमा देखिएकी छन् । सोनालीसँगै तस्बिरमा सुजैन खान र शाहरुखसँग स्वदेश फिल्ममा देखिएकी गायत्री पनि देखिएकी छन् । मित्रता दिवसको खास अवसरमा सेयर गरिएको यो तस्बिरमा सोनालीमाथि क्यान्सरको उपचारको असर प्रष्ट देख्न सकिन्छ । यस तस्बिरलाई ऋतिक रोशनले खिचेका हुन् ।

‘हो यो म नै हु र यो अवस्थामा म खुसी छु । मानिसहरु मलाई देखेर अजीव प्रतिक्रिया दिइरहेका छन् । तर यो सत्य यही जुन कुरा मैले देखाउँदैछु । यो बेलामा म केबल हरेक कोणबाट खुसी खोज्ने कोशिसमा छु’, उनले भनेकी छन् । सोनालीले यो समयलाई दर्दनाक भनेकी छन् ।

‘मलाई थाहा छ यो समय दर्दनाक हो र मेरो शरिरमा शक्ति पनि कम छ । तर म मैले गर्न सक्ने जति सबै थोक गर्न तयार छु । मेरो संकटपूर्ण जीवनमा दह्रो साथ उभिएकोमा मेरा साथीहरुप्रति आभारी छु’, उनले अगाडि भनेकी छन् ।

प्रकाशित मिति: Aug 6, 2018

प्रतिक्रिया दिनुहोस्