Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिन कैलालीमा बाक्लै भेटिए

काठमाडौं : नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् ।

नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन/अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् भने १२ वटा वच्चा र बाँकी २८ मध्ये धेरै पोथी भेटिएका छन् । २८ मध्ये केहीको लिङ्ग पहिचान नभएको वन्यजन्तुविद् प्राडा मुकेश चालिसे जानकारी दिनुभयो ।

चालिसे नेतृत्वको टोलीले गत शुक्रवार र शनिवार मोहना र आसपासका जलप्रणालीमा डल्फिनको वस्तुस्थिती अध्ययन गरेको थियो । मोहना नदीका करिव ५० मध्ये ३७ वटा घाटमा सुक्ष्म अध्ययन/अवलोकन गर्दा पथरिया र मोहनाको दोभान ९ढुंगाना टोल०को एउटै घाटमा ७ वटा डल्फिन देखिएको उहाँले जानकारी दिनुभयो ।

२ वर्ष अघिको राष्ट्रिय स्तरको गणनामा मोहना र आसपासमा करिव ३ दर्जन, सप्तकोशीमा १ दर्जन र नारायणीमा २ वटा डल्फिन भेटिएका थिए ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्