Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रश्न–पत्र आउट भएको घटना छानविन गर्न सीटीईभीटीको टोली जनकपुरमा

जनकपुरधाम, १६  साउन : वर्गीकृत छात्रवृति परीक्षा अन्तर्गत एच.ए.को प्रश्न–पत्र जनकपुरबाट आउट भएको विषयमा सीटीईभीटीले छानविन शुरु गरेको छ । प्रश्नपत्र आउट भएको छानविन गर्न सीटीईभीटी मध्यमाञ्चलका क्षेत्रिय निर्देशक शिवहरि ढकालको नेतृत्वमा तीन सदस्य छानविन टोली जनकपुर आएका छन् ।

टोलीले प्रश्नपत्र आउट भएको केन्द्रका केन्द्राध्यक्ष, प्रशासनिक निकाय र सञ्चारकर्मीसंग भेटघाट गरी छानविन थालेको मचे । शनिवार सीटीईभीटी अन्तर्गत देशैभर भएको वर्गीकृत छात्रवृति परीक्षा अन्तर्गत एचएको प्रश्न–पत्र परीक्षा शुरु भएको केहिबेरमै जनकपुरको संकटमोचन उच्च मावि परीक्षा केन्द्रबाट समाजिक सञ्जाल मार्फत आउट भएको समाचार जनकपुर स्थित न्यूज पोर्टल टुडेपाटी डटकममा सार्वजनिक भएको थियो ।

त्यसपछि संकटमोचन परीक्षा केन्द्रका केन्द्राध्यक्ष बलराम साह समेतले परीक्षा शुरु भएको १ घण्टा २० मिनेटपछि एक विद्यार्थीले झुक्याएर एचएको प्रश्न–पत्र आउट गरेको प्रष्ट पार्नु भएको थियो । निःशुल्क अध्ययनको लागि सिटीईभीटीबाट सञ्चालित वर्गीकृत छात्रवृति परीक्षामा केहि कोचिंग सेन्टरको आर्थिक चलखेलमा प्रश्नपत्र आउट भएको श्रोतको दावी छ ।

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्