Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेससंगै नेकपा सरकार सरकार विरुद्ध राप्रपा पनि सडकमा

काठमाडौं, १३ साउन : पुशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा ओर्लिने भएको छ । प्रमुख विपक्षी कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन थाले लगतै पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पनि संघर्षमा उत्रिने उदघोष गरेको हो । राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्दैछ ।

मंहगी, कर वृद्धि लगायतलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागिएको राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले बताए । राप्रपा प्रजातान्त्रिकले प्रदेशस्तरीय सम्मेलन पनि गरिरहेको छ । संगठन विस्तार र सरकारका गतिविधिविरुद्ध जनमत निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन गरिएको बोहोराले जानकारी दिए ।

प्रकाशित मिति: Jul 29, 2018

प्रतिक्रिया दिनुहोस्