Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानून निर्माणलाई सरकारले तीव्रता दिएको छ : मुख्यमन्त्री पोखरेल

बुटवल : मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन् ।

बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी)का देशीय प्रमुख डा रुरिक मार्सदेन संगको भेटमा उनले भने, ‘अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।’ मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गरेका छन् ।

डिएफआइडीका प्रमुख डा मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीेले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ भने ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्