Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ खर्ब १२ अर्ब बराबरको नेपाली नोट नष्ट

काठमाडौँ : नेपाल राष्ट्र बैंकले हालसम्म पुराना र काम नलाग्ने ४ खर्ब १२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको नेपाली नोट नष्ट गरेको छ । राष्ट्र बैंकले विभिन्न समयमा गरेर यो परिणामको नोट जलाएको हो ।

वि.स. २००२ देखि शुरु भएको कागजि नोट हालसम्म अर्थात २०७४ असार ५ गतेसम्म उक्त रकम बराबरको नोट जलाई सकेको छ ।

केन्द्रीय बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने, थोत्रो, च्यातिएको र कामै नलाग्ने नोट बेला बेलामा जलाउँदै आएको छ । पुराना र काम नलाग्ने नोटलाई थापाथली राष्ट्र बैंक परिसर मै नष्ट गर्ने गरिन्छ ।

बैंकले सबैभन्दा बढी ५ रुपैयाँको नोट जलाएको छ । हालसम्म ८६ करोड ८२ लाख ५१ हजार ८ सय ६७ रुपैयाँँ बराबरको ५ को नोट नष्ट गरेको नेपाल राष्ट्र बैंंक मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

यस्तै १० को नोट पनि ८१ करोड ५२ लाख ८७ हजार रुपैयाँ नष्ट गरिएको छ । सामान्यतया साना नोटको आयु २ वर्षदेखि ३ वर्ष र ठुला नोटको आयु ५ देखि ६ वर्षको रहने गरेको पाइएको निरौलाले बताए । अब विस्तारै नोट जलाउने चलनलाई विस्थापित गर्दै धुल्याउनेतर्फ लैजाने राष्ट्र बैंकले जनाएको छ ।

जलाएको नोट र बजारमा पठाइएको नोट कति ?

 

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्