Logo
१५ बैशाख २०८१, शनिबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ साहित्यकारद्वय पुडासैनी र प्रा. रिसाललाई यस वर्षको मधुपर्क सम्मानबाट सम्मानित

काठमाडौं : गोरखापत्र संस्थानद्वारा प्रकाशित मधुपर्क मासिकले आफ्नो स्थापनाको ५१औं वर्षको अवसर पारेर वरिष्ठ साहित्यकारद्वय कञ्चन पुडासैनी र प्रा. शिवगोपाल रिसाललाई यस वर्षको मधुपर्क सम्मानबाट सम्मानित गरेको छ ।

मधुपर्कले विगत १७ वर्षदेखि वरिष्ठ स्रष्टाहरुलाई मधुपर्क सम्मानबाट सम्मानित गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरे । सम्मानित व्यक्तित्वलाई सम्मानपत्रका अतिरिक्त २५ हजार एक रुपैयाँ नगद राशीसमेत प्रदान गरियो ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शताब्दी पुरुष जोशीले राज्यले सांसदहरुलाई करोडौं बजेट दिने तर साहित्यक संस्थाको उत्थानका लागि केही नगर्ने भन्दै साहित्यिक उन्नयनमा सरकार उदासिन रहेको बताए ।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायले आगामी वर्षदेखि मधुपर्कबाट सम्मानित हुने व्यक्तित्वलाई प्रदान गरिने नगद राशि ३५ हजार एक गरिने जानकारी गराए । संस्थानका अध्यक्ष गोविन्द पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सम्मानित स्रष्टाद्वय कञ्चन पुडासैनी, प्रा. शिवगोपाल रिसाल, सम्मान चयन समितिका संयोजक रमा शर्मा, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ र तुलसीहरि कोइरालाले बोलेका थिए ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्