Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्करीको सुन प्रयोग गरेको आशंकामा आर.के ज्वेलर्समा छापा

काठमाडौं : साढे ३३ केजी प्रक्रणको सुन सुन प्रयोग गरेको आशंकामा उच्चस्तरीय छानविन समितीले काठमाडौंका दुइ ज्वेलर्समा छापा मारेको छ ।

साढे ३३ केजी सुन प्रयोग गरेका आशंकामा न्यूरोडस्थित आर.के. ज्वेलर्स र दरबारमार्गस्थित आर.के. डाइमण्डमा सोमबार छापा मारेको हो ।

साथै समितिले दुवै ज्वेलर्सका गहना समेत बरामद गरेको छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।

गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उक्त टोली त्यहाँ पुगेका हुन । छापा सम्बन्धी अन्य कुरा भने पछि एकैपटक पत्रकार सम्मेलन गरेर जानकारी दिने उनले बताए ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्