Logo
१५ बैशाख २०८१, शनिबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किम जोङसँगको शिखर वार्ताका लागि ट्रम्प पनि पुगे सिङ्गापुर

उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिङ्गापुर आइपुगेका छन्। क्यानाडामा भएको जि सेभेन बैठकबाट ट्रम्प सिधै सिङ्गापुर आइपुगेका छन्।

उत्तर कोरियाली नेता किम पनि आजै सिङ्गापुर आइपुगेका छन्। उनी सिङ्गापुरको सान्तोषा टापुमा रहेको सेन्ट रेगिस होटलमा बसिरहेका छन्। शिखर वार्ता सोही होटलमा हुनेछ।

मंगलबार दुई नेता किम र राष्ट्रपति ट्रम्पबीच वार्ता हुनेछ। वार्ताका लागि लाग्ने सम्पूर्ण खर्च सिङ्गापुर सरकारले बेहोर्ने छ। दुवैपक्षको भ्रमण दलको सम्पूर्ण खर्च २ अर्ब लाग्ने सिङ्गापुर सरकारले जनाएको छ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्