Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र लगानीकर्ताबीच कुरा मिलेपछि सेयर कारोबार सुरु

काठमाडौँ, २३ जेष्ठ : सेयर लगानी कर्ताहरुको विावद समाधान भएपछि सेयर कारोबार सुरु हुनेभएको छ । बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने भएपछि बिवाद साम्य भएको हो । बुधबार अर्थमन्त्रालयका उच्च पदाधिकारी र लगानीकर्ताहरुबीच भएको बैठकमा सरकारले उक्त निर्देशन स्थगित गर्ने र लगानीकर्ताले पनि विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । 

बोनस र हकप्रद सेयरमा नयाँ विधिबाट कर गणना गर्नु पर्ने निर्देशन हालका लागि सरकारले स्थगित गरेपछि पुरानै विधिबाट कर गणना हुने भएको हो । सोही समहति अनुसार अर्थमन्त्रालयले तत्कालका लागि पुरानै विधिबाट कर गणना गर्न निर्देशन सहितको पत्र आन्तरिक राजस्व विभागलाई पत्र पठाइसकेको छ । त्यसका आधारमा आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज, र सीडीएस एण्ड क्लियरिङलाई पत्र पठाउने छ ।

बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा कर लगाउने निर्णय हालका लागि स्थगित भएको छ ।
विभागले गत शुक्रबार सेयर बजारमा पत्र पठाएर बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको विरोधमा मंगलबार लगानीकर्ताले सेयर कारोबार ठप्प पारेका थिए ।

यो सँगै आन्तरिक राजस्व विभागले सरोबारवाला निकायहरुलाई पत्र पठाएर बोनस र हकप्रद सेयरमा लागि अंकित मूल्यकै आधारमा लाभकर निर्धारण गर्न निर्देशन दिएको थियो । सोही निर्णयको विरोध गर्दै लगानीकर्ताले मंगलबार सेयर कारोबार ठप्प पारेका थिए । अब लगानीकर्ताले पुरानै विधि (समायोजन मूल्य) मा कर भुक्तानी गर्ने सुविधा पाएका छन् ।

सरकारले तत्कालका लागि आफ्नो निर्देशन स्थगित गरेपछि आफुहरुको पनि सबै विरोधका कार्यक्रम फिर्ता भएको इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले बताए । आगामी बजेटमार्फत सरकारले व्यक्तिगत लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर बढाएर साढे ७ प्रतिशत बनाएको छ ।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्