Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय दलको नेता चयन गर्न राजपा नेताहरु आन्तरिक छलफलमा

काठमाडौं : संसदीय दलको नेता चयन र समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टीका नेताहरु छलफलमा जुटेका छन् ।

यसका लागि राजपा अध्यक्ष मण्डलको बैठक बस्दैछ। पार्टी कार्यालय बबरमहलामा बस्‍ने बैठकमा संसदीय दलको नेता चयन, सरकारले सोमबार संसदमा पेश गरेको नीति तथा कार्यक्रबारे छलफल हुने एक नेताले जानकारी दिए।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि ‘राजनीतिक सहमित भइसक्यो’ भनेर दिएको अभिव्यक्तिबारे पनि छलफल हुनेछ।

अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएसँगै राजपा नेताहरु आन्तरिक बैठकमा बस्त हुन थालेका हुन्। मुटुमा समस्या भएपछि ठाकुर भारत स्थित मेदान्त अस्पतादमा उपचार गराइर फर्किपछि राजपाको गतिविधि बढेको हो।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्